मंगलबार सेयर बजारमा हरियाली, १४ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ११ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । उक्त कम्पनीको २४ करोड ६९ लाख २३ हजार ७ सय ९२ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

मंगलबारको बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्