मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल भ्रमणमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्किस एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

स्पिटेरीलाई नेपाल पर्यटन बोर्ड र एनआरएनए माल्टाको अगुवाइमा स्वागत गरिएको छ । उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्चेबाजाले स्वागत गर्दै विमानस्थलमा आतिथ्यता प्रदान गरिएको हो । टोलीमा मिस माल्टाका अन्य सदस्यहरू केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् ।

त्यस्तै, मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले बताएका छन् । नेपाली कामदारहरूको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिबीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरका छन् ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक काम गर्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्