बिहीबार सामान्य अंकले बढ्यो नेप्से परिसूचक, २० अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा आज नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६ .३८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा २० अर्बमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । उक्त कम्पनीको १ अर्ब २० करोड ९० लाख ९ हजार ७ सय ९६ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सबैभन्दा धेरै नाफा कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्