१५ सय रुपैयाँले बढ्यो शुक्रबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमार्डौँ । शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १५ सय रुपैयाँले बढेर एक लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्