२१ सय रुपैयाँले बढ्यो मंगलबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २१ सय रुपैयाँले बढेर एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्