बिहीबार नेप्से ४३.०५ अंकले बढ्यो, २९ अर्बमाथिको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा आज सेयर बजार मापक नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा ३ सय ३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा २९ अर्बमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ९१ करोड ३३ लाख २२ हजार २ सय ३९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्