बुधबार सामान्य अंकले बढ्यो नेप्से परिसूचक, १८ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सेयर बजार मापक नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कम्पनीको सेयर खरिद बिक्री हुँदा १८ अर्बमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ६६ करोड २ लाख ३९ हजार ५ सय ७३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नाफा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । उक्त  कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजको बजारमा कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्