बिहीबार ६.०१ अंकले बढ्यो नेप्से, १९ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ३३ कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा १९ अर्बमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै कारोबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । उक्त कम्पनीको एक अर्ब ३ करोड ९३ लाख ४१ हजार ५ सय ४३ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आज तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्