बिहीबार नेप्से परिसूचक ३६.८३ अङ्कले घटेर २७४९.५७ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३६.८३ अङ्कले घटेर २७४९.५७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनी २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ३७ करोड ६५ लाख ५९ हजार ७ सय ११ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

बिहीबारको बजारमा कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्