सोमबार सेयर बजारमा हरियाली, नेप्से १२७.३२ अङ्कले बढेर २८२३.२५ बिन्दुमा पुग्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १२७.३२ अङ्कले बढेर २८२३.२५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३५ कम्पनी ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार ९ सय रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको बजारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ । यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषका लगानीकर्ताहरुले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४.७१ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्