मंगलबार केराको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज केराको मूल्य घटेको हो ।

मंगलबार नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, सेतो आलु ५४ रुपैयाँ, भारतीय सुकेको प्याज १२० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल  ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १४० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ७०, मकै बोडी ८०, घिउ सिमी लोकल ८०, घिउ सिमी राजमा १४०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ७०, लौका ५०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ६०, झिगुनी ५०, फर्सी पाकेको ४०, भिण्डी २५, पिंडालू ७०, स्कुस २५ रुपैयाँ, रायो साग १५० र तोरीको साग ८० रुपैयाँ, हरियो प्याज ३००, कन्य च्याउ १५०, डल्ले च्याउ ४५०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ९०, ब्रोकाउली १८०, चुकन्दर ७०, रातो बन्दा १८०, जिरीको साग १५०, सेलेरी ६००, पार्सले १२००, पुदिना ६००, गान्टे मुला ८०, इमली १४०, तामा १००, तोफु १००, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ११०, हरियो लसुन २५०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन ३२०, छ्यापी सुकेको १५०  रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

मंगलबार फुजी स्याउ ३००, केरा (दर्जन) १५०, कागती २५०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ४०, रुख कटहर ९०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २५०, लप्सी ४०, किवि ४०० र आभोकाडो २०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्