२५.४६ अंकले घट्यो आइतबार नेप्से परिसूचक, १० अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको कारोबार भएको छ ।

आज सीइडीबी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार  भएको छ । उक्त कम्पनीको ४२ करोड १९ लाख २५ हजार २ सय १० रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आइतबारको बजारमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्