बुधबार २२.७३ अंकले घट्यो नेप्से परिसूचक, ६ अर्ब ८५ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.३१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १७ कम्पनीको एक करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्बमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । उक्त कम्पनीको ३४ करोड ७३ लाख ६ हजार ८ सय ८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्