बिहीबार सेयर बजारमा हरियाली, नेप्से परिसूचक ७८.३१ अंकले बढेर २६८८.५३ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडोँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ७८.३१ अंकले बढेर २६८८.५३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १८ कम्पनीको एक करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । उक्त कम्पनीको ४७ करोड ६५ लाख ८ हजार ९० रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

आजको बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्