नेप्से परिसूचक ५०.७३ अंकले घट्यो, आइतबार १० अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २४ कम्पनीको दुई करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको ६४ करोड ३८ लाख ६६ हजार ७ सय ८० रुपैयाँ ४० पैसा बराबर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्