पाँच सय रुपैयाँले बढ्यो सोमबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय  रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पाँच सय रुपैयाँले बढेर एक लाख ५७ हजार ३ सय  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्