सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार ९ सय ३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ । उक्त कम्पनीको २१ करोड १३ लाख ४२ हजार ७ सय ३२ रुपैयाँ ७० पैसाा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्