बुधबार नेप्से ४९.१८ अंकले बढ्यो, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २७ कम्पनीको एक करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोडमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै कारोबार ङ्गादी ग्रुप पावरको भएको छ । उक्त कम्पनीको १५ करोड ६४ लाख १७ हजार ७ सय ८७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको बजारमा सबैभन्दा धेरै नाफा विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्