सोमबार नेप्से परिसूचक ४४.४५ अंकले बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १९ कम्पनीको ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्बमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । उक्त कम्पनीको १७ करोड ६९ लाख ६४ हजार २७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्