मंगलबार सेयर बजारमा हरियाली, नेप्से ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार नेप्से परिसूचक बढेको छ । आज  सेयर बजार मापक नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ७ कम्पनीको एक करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६१ करोडमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको २८ करोड ८२ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै नाफा बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्