४० रुपैयाँले घट्यो सोमबार ब्रोकाउलीको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज ब्रोकाउलीको मूल्य घटेको हो ।

सोमबार भारतीय ठुलो गोलभेडा १३० रुपैयाँ, लोकल सानो गोलभेडा ६५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ९० रुपैयाँ, मुडे रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ, भारतीय सुकेको प्याज ११५ रुपैयाँ, लोकल गाजर १२० रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २५ रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी १५०, मकै बोडी ८०, घिउ सिमी लोकल ९०, टाटे सिमी ९०, भटमासकोसा ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ९०, लौका ६०, लोकल परवर १०० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला १००, झिगुनी ७०, फर्सी पाकेको ४०, भिण्डी ६०, बरेला १३०, पिंडालू ६०, स्कुस ३० रुपैयाँ, रायो साग १४० र तोरीको साग ६० रुपैयाँ, हरियो प्याज १५०, कन्य च्याउ २४०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो ६००, न्युरो ८०, ब्रोकाउली १४०, चुकन्दर ९०, जिरीको साग २५०, सेलेरी ७००, पार्सले २०००, पुदिना ७००, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १३०, खुर्सानी हरियो (अकबरे) २३०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ३५०, हरियो लसुन ३५०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २७०, छ्यापी सुकेको १४० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार स्याउ(फूजी) ३००, केरा (दर्जन) १४०, कागती २२०, अनार ३३०, अंगुर (कालो) ३८०, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ३०, निबुवा ४०, अम्बा ५०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २५०, मेवा (नेपाली) ४०, लप्सी ४०, किवि ३३०, आभोकाडो २०० र अमला ६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्