विपद्का कारण मृत्यु हुनेको संख्या ६३९ पुग्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । यसवर्ष विपद्का घटनामा मृत्यु हुनेको संख्या तीन गुणाले बढेको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार पछिल्लो ६ महिना अर्थात् २०८१ वैशाख १ गतेदेखि असोज ३० सम्म नेपालमा विपद्का घटनामा मृत्यु हुनेको संख्या ६३९ पुगेको छ ।

अघिल्लो वर्ष २०८० वैशाख १ गतेदेखि असोज ३० गतेसम्म ६ महिनाको अवधिमा विपद्का घटनामा २०९ जनाको मृत्यु भएको थियो । यसवर्षको पहिलो ६ महिनामा विपद्का घटनामा परेर मृत्यु हुनेको संख्या ३.०५ गुणाले बढी देखिएको छ ।

केन्द्रको तथ्यांकअनुसार २०८१ वैशाख १ गतेदेखि असोज ३० गतेसम्म देशमा ५ हजार २६१ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा ६३९ जनाको मृत्यु भएको छ । ६६ जना बेपत्ता र १ हजार ६० जना घाइते भएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्