कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ। सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने तयारी गरेको छ । घिसिङसँग १५ बुँदे स्पष्टीकरणको जवाफ मागेको सरकार कुनै हालतमा घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाउने तयारीमा रहेको स्रोतको दाबी छ ।

प्राधिकरण स्रोतका अनुसार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असोज २३ गते सोधेको स्पष्टीकरणको जवाफ घिसिङले तयारसमेत पारिसकेका छन् । तर, घिसिङको स्पष्टीकरण चित्त नबुझे उनलाई प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट हटाउने तयारीमा सरकार रहेको बुझिएको छ ।

सरकारले घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरण, प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजुको अद्यावधिक विवरण लगायतका विवरणहरु माग गरेको छ । साथै विगत ४ वर्षदेखि कार्यकारी निर्देशकबाट भएका बोलपत्र स्वीकृत, विभाग निर्देशनालयबाट भएका खरिद स्वीकृतिको विवरण पनि सरकारले माग गरेको छ ।

१५ बुँदे स्पष्टीकरणमा कहीँ कतै चित्त बुझ्दो जवाफ नपाए सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनेछ । सोही अनुसार सरकारले तयारीसमेत अगाडि बढाइसकेको स्रोतले बताएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्