तीन महिनामा नेपालको आयात–निर्यातमा कमी, वैदेशिक व्यापार घाटा पनि घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा नेपालको आयात–निर्यातमा कमी आएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार गएको आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा आयात ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा तीन खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्ष चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । पछिल्लो तीन महिनामा नेपालको वैदेशिक व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तीन महिनाको तुलनामा व्यापार घाटा ३.९६ प्रतिशतले कम हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्