मुस्ताङमा अहिलेसम्मकै धेरै स्याउ उत्पादन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङका किसानले ९२ करोड रुपैयाँभन्दा धेरै भित्र्याएका छन् ।

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष झन्डै सात हजार तीन सय ३० मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार प्रारम्भिक मूल्याङ्कन गर्दा यस वर्ष झन्डै ९३ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात भएको छ तर पूरै तथ्याङ्क अझै आइसकेको छैन ।

यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो । विगतको तुलनामा यस वर्ष झन्डै ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गएको वर्ष मुस्ताङमा ६ हजार पाँच सय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । रासस

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्