काठमाडौँमा प्लास्टिकका फूल र मालामा प्रतिबन्ध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गरी प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ । महानगरले आज सूचना निकालेर प्लास्टिकको फूलगुच्छा र माला बिक्रीवितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्रीवितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ ।

अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्रीवितरण वा प्रयोग भएको पाएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्