कञ्चनपुरमा एक दम्पति मृत फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१, विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बिछ्यौनामा मृत फेला परेका छन् । दुवैजना आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिए ।

त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शंकास्पद छ,” उनले भने, “मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ । घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।” रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्