रविमाथि दुर्व्यवहार भएको छैन, भ्रामक सूचना नफैलाऔँः कास्की प्रहरी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको आरोपप्रति प्रहरीले आपत्ति जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ । लामिछानेलाई हातहतियारसहित इजलासमा प्रवेश गरेको भन्ने भ्रामक तथा कपोकल्पित विचार सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै कास्की प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

साथै त्यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्