नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने भएको छ । साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीच हुने खेलमा जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने उनको भनाइ छ । एन्फाले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट टिकट बिक्री गरिने समेत जानकारी दिएको छ । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्