एनआरएनए विवादमा आरके शर्माको मुद्दामा कारण देखाउ आदेश जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गरेको साधारण सभाविरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले साधारणसभा गर्नुको कारण माग गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको हो ।

कात्तिक १२ र १२ गते एनआरएनएको बद्री केसी पक्षले साधारणसभा तय गरेसँगै त्यसविरुद्ध एनआरएनएकै अर्को समूहको नेतृत्व गरिरहेका आरके शर्मासहित तीन जनाले कात्तिक ८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । गैरआवासीय नेपाली संघको सचिवालय, बद्री केसी र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर रिटमा परराष्ट्र मन्त्रालयले एकता महाधिवेशन गर्न पत्र पठाएको अवस्थामा केसी पक्षले साधारणसभा लगायतका गतिविधि गर्नु अवैधानिक हुने दाबी गरिएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्