१४.४३ अंकले घट्यो सेयर बजार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार १४.४३ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब १२ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ९५ करोडको कारोबार भयो ।

७५ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ५ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूहको सूचक २.५२ प्रतिशत बढ्यो । त्यसबाहेक निर्जीवन बीमा ०.४९ र व्यापार समूह ०.३२ प्रतिशत बढे ।

लगानी समूह सबैभन्दा धेरै १.४१ प्रतिशत घट्यो । बैंकिङ ०.७२, विकास बैंक ०.४३, फाइनान्स १.०२, हाइड्रोपावर ०.३३, जीवन बीमा ०.९८, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.१४ र अन्य समूह ०.७४ प्रतिशत घटे ।

 

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्