चट्याङ लागेर एकैदिन १२ जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चट्याङ लागेर  एकैदिन देशभर १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान १० देखि मंगलबार बिहान १० बजेसम्मको अवधिमा चट्याङ लागेर १२ जना घाइते भएका हुन् ।

चट्याङ लागेर दैलेखको भगवतीमाई गाउँपालिका–५ मा ६ बालबालिका, जाजरकोटको बारेकोट गाउँपालिका–१ मा तीनजना, गुल्मीको मदाने गाउँपालिका–५ मा दुईजना र प्युठानको नौबहीनी गाउँपालिका–७ मा एकजना घाइते भएको प्राधिकरणले जनाएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०८१ वैशाख १ गतेदेखि हालसम्म चट्याङ लागेर देशभर ६६ जनाको मृत्यु भइसकेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्