काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कार्यरत आंशिक करार शिक्षकहरूले कात्तिक ३० गतेदेखि विश्वविद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । गत साउन १८ गते आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।
त्रिवि सेवा आयोगले कात्तिक ३० गते उपप्राध्यापक पदको परीक्षा सञ्चालन गर्दैछ । सेवा आयोगले २०७७ सालमा आह्वान गरेका उपप्राध्यापक पदको विज्ञापन अनुसार परीक्षा सञ्चालन गर्न लागेको हो । आंशिक शिक्षकहरूले उक्त परीक्षा रोकेर आफूहरूलाई करार बनाउने प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।
सोही कार्यदलको प्रतिवेदनका आधारमा शिक्षक सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया सम्बन्धित केन्द्रीय विभागमार्फत अगाडि बढाउने निर्णय गरिएको थियो । तर, अहिलेसम्म प्रक्रिया अगाडि नबढाएको भन्दै संघर्ष समितिका अध्यक्ष लिम्बूले कात्तिक ३० गतेदेखि सञ्चालन हुने परीक्षा रोक्ने चेतावनी दिएका हुन् ।