माइतीघरको नाम फेर्ने तयारीमा काठमाडौँ महानगर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघरको नाम फेर्ने भएको छ । महानगरले सांस्कृतिक महत्व झल्काउने नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने बताएको हो । महानगरभित्रका मौलिक सांस्कृतिक नाम पुनःस्थापना गर्ने अभियानअन्तर्गत महानगरले नाम फेर्न लागेको बताएको छ ।

स्थान नाम परियोजनाअन्तर्गत महानगरभित्रका सांस्कृतिक, पुरातात्वतिक र ऐतिहासिक महत्वका मौलिक नामहरु पुनःस्थापना गर्ने तयारी भएको महानगर प्रमुख बालेन्द्र शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।

माइतीघर फिल्म निर्माणका बेला कार्यालय रहेका कारण यो ठाउँको चलनचल्तीको नाम माइतीघर रहन गएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्