नक्कली कागजात लिएर जापान उडेका मन्त्रीले गुमाए पद

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । आफ्नो जापान भ्रमण विवादमा परेपछि उनले बुधबार मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन् ।

संघीय र प्रदेश सरकारको अनुमतिबिनै उनी कात्तिक १३ गते जापान उडेका थिए ।‌ मन्त्रालयको नक्कली कागजात बनाएर जापान गएका मन्त्री अधिकारी र अरू तीन जनालाई जापानको विमानस्थलबाटै डिपोर्ट गरिएको थियो । नक्कली कागजात बनाएका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्