सीतापाइला–धार्के सडकखण्ड फेरि १५ दिन बन्द गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । । सीतापाइला–धार्के सडकखण्ड फेरि १५ दिन बन्द गरिने भएको छ । सडक स्तरोन्नतिका निम्ति बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी गराएको छ । यही कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गरेर कालोपत्र गरिने  प्रशासनले जनाएको छ ।

त्यस अवधिमा उक्त सडकखण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने र चारपांग्रे बाहेक सबै प्रकारका सवारीसाधनलाई पूर्ण रूपमा रोकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै वैकल्पिक माग प्रयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ । यही कात्तिक ६ देखि १२ गतेसम्म पनि उक्त सडकखण्ड कालोपत्रका निम्ति बन्द गरिएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्