बैङ्कको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिन प्रहरीको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ भन्दै खातासम्बन्धी विवरण माग्ने व्यक्तिबारे सूचना दिन आग्रह गरेको छ । खाता विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै प्रहरीले त्यस्ता व्यक्तिबारे विवरण मागेको हो ।

चिट्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभन देखाएर रकम ठगी हुने गरेको थियो । सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले यस प्रकारका ठगीका घटनाका उजुरी धेरै बढेकोले नागरिक पनि सचेत हुनुपर्ने बताए। कुनै पनि बैङ्कका कर्मचारीले फोन गरेर विवरण नमाग्ने पनि उनले जानकारी दिए ।

सिआइबीले निकालेको सूचनामा अनलाइन ठगी÷बैङ्किङ ठगी कसुरबाट बच्न सचेत हुनु भनिएको छ । राष्ट्र बैंकले पनि पटक–पटक बैङ्कका कर्मचारीहरुले खाता विवरण नमाग्ने बताउँदै आएको छ । तर त्यही किसिमका घटना बढेको पाइएकोले थप सचेतता आवश्यक रहेको पाइएको सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्