संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ आजदेखि शुरू

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) आज(सोमबार) शुरू हुँदैछ ।

सम्मेलन नोभेम्बर २२ तारिखसम्म चल्ने छ । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल हिजो बाकु प्रस्थान गरिसकेका छन् । उनले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै छन् ।

एक सय ९२ वटाभन्दा धेरै देशहरुका राष्ट्रप्रमुखदेखि उच्च पदस्थअधिकारीहरुसामु उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्