कतार एअरवेजले आजदेखि गौतमबुद्ध विमानस्थलमा दैनिक उडान गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कतार एअरवेजले आजदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । कतारले दोहा–भैरहवा–काठमाडौँ रुटमा गर्ने गरी अनुमति लिएको छ ।

दोहाबाट पौने ३ बजे भैरहवा आउने क्यूआर–६४८ उडान नम्बरको जहाज त्यसपछि काठमाण्डौ प्रस्थान गर्ने गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

भैरहवामा उडान गर्ने कतार एअरवेज पाँचौँ कम्पनी हो । यसअघि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एअर एशियाले भैरहवाबाट उडान थालिसकेका छन् । अब भैरहवामा पाँच वटा वायुसेवाले हप्तामा २४ वटा उडान गर्नेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम शुरु भएसँगै दैनिक १० घण्टा उडान कटौती भएका छन् । योसँगै भैरहवामा चहलपहल बढेको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्