रवि लामिछानेलाई बयानका लागि भैरहवा पुर्‍याइयो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा लगिएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्‍याइएको छ ।

लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत मंगलबार गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको रुपन्देही प्रहरीले जनाएको छ ।

लामिछानेलाई बयानका लागि रुपन्देही लगिने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्