धितोपत्र बोर्डको अध्यक्षको लागि तीन जनालाई अन्तर्वार्तामा बोलाइयो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँँ । धितोपत्र बोर्डको अध्यक्षको लागि तीन जनालाई अन्तर्वार्ताको लागि बोलाइएको छ। करिब एक वर्षदेखि रिक्त रहेको सिफारिस समितिको छनोटमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्कीलाई मंसिर ९ गते बिहान ८ बजे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताको लागि बोलाइएको हो।

पटक–पटक बोलाइए पनि उम्मेदवारहरू अन्तर्वार्तामा अनुपस्थित हुँदै आएका छन्। धितोपत्र ऐन अनुसार सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने व्यवस्था छ।

त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा एक जना बोर्डको अध्यक्ष बन्ने छन्।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्