नेपालका दुई स्याटेलाइट प्रक्षेपणको तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँँ । नेपालका दुई स्याटेलाइट प्रक्षेपणको तयारी गरिएको छ । डाँफे र मुनाल नाम दिइएका दुई नेपाली भूउपग्रह प्रक्षेपण गर्ने तयारी भइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले जनाएको छ । बिहीबारदेखि काठमाडौंमा आयोजित दुईदिने स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४ मा नास्टका सचिव रवीन्द्रप्रसाद ढकालले दुई स्याटेलाइट तयारी अवस्थामा रहेको बताएका हुन् ।

उनले ती स्याटेलाइट प्रक्षेपणका निम्ति भारतको अन्तरिक्ष अनुसन्धान संगठनसँग कुराकानी भइरहेको जानकारी गराए । उनले अब अन्तरिक्षमा दर्जनौँ स्याटेलाइटको ‘कन्स्टिलेसन’ राखेर विभिन्न सूचना पृथ्वीमा आदानप्रदान गर्ने गरी काम गर्ने नास्टको लक्ष्य बताए ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्