काठमाडौँँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी ४४ मध्ये १५ वटा पदमा एक्लै चुनाव लड्ने भएको छ । उपमहासचिव रामकुमार भट्टराईले ४४ मध्ये १५ पदमा पार्टी एक्लै चुनाव लड्ने तयारीमा रहेको बताए । उनका अनुसार बाँकी पदमा विचार मिल्नेहरूसँग सहकार्य गर्न सकिने गरी छलफल भइरहेको छ ।
‘मधेस प्रदेशका ५ वटा बडा, काठमाडौँ महानगरपालिका वडा नम्बर १६, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष, उदयपुर, मोरङ, सुनसरी, ठाकुरवावा र शुद्धोधनमा पार्टी एक्लै लड्ने भट्टराईले बताए । सो पार्टीले एक्लै चुनाव लड्ने भनेका स्थानका लागि अहिलेसम्म सबै उम्मेदवार भने सार्वजनिक गरिसकेको छैन ।
एकीकृत समाजवादीले कीर्तिपुर नगरपालिकाको मेयरसहित वडाध्यक्षमा माओवादी केन्द्रलाई सघाउने लगभग निश्चित भएपनि औपचारिक निर्णय हुन बाँकी रहेको नेताहरूको भनाइ छ ।