काठमाडौँँ । भक्तपुरमा मृत भेटिएकी ९४ वर्षीया विष्णुकुमारी त्वयनाको हत्या भएको प्रहरीले निकर्ष निकालेको छ ।भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरकी त्वयनाको शव बुधबार साँझ ५ बजे दुबै हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो ।
वृद्धाका छोराछोरी सूर्यविनायकमा बस्ने गरेको पाइएको प्रहरीको भनाइ छ । वृद्धा ५ तले घरमा एक्लै बस्दै आएकाी थिइन् । उनको शरीरमा चोटपटक नदेखिएकाले मुखमा कपडा कोचेर सास फेर्न नदिई हत्या गरिएको आशंका प्रहरीको छ ।
भक्तपुरका डीएसपी ढुण्डीराज नेउपाने तालिमप्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान गर्दा पनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको बताउँछन् ।
शव पोस्टमार्टमका लागि भक्तपुर दुवाकोटको काठमाडौं मेडिकल कलेजमा पठाइएको छ ।