काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको उनका आफन्त सुरज भट्टराईले जानकारी दिए।
उनकाअनुसार ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए। अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए।