उपनिर्वाचन हुने स्थानीय तहहरुमा भौतिक संरचना र गाडी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपनिर्वाचन हुने स्थानीय तहहरुमा भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

त्यस्तै मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि भनेको छ । मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको अर्यालले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

उपनिर्वाचनको काममा स्थानीय तहका कर्मचारी पनि खटाउन सकिने भन्दै आयोगले कर्मचारीको विवरण अद्यावधिक गरी राख्न र मागेको बेला उपलब्ध गराउन भनेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्