बढ्दो प्रदूषणका कारण पाकिस्तानमा लकडाउन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण लकडाउन गरिएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।

वायूको गुणस्तर निकै खराब भएपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको हो ।

त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्