भारतले दियो नेपालमा विद्युत् निर्यातको अनुमति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भारतले पिक टाइम बाहेकको समयमा नेपालमा विद्युत् निर्यातको अनुमति दिएको छ । भारतले यो अनुमति दिएसँगै नेपाललाई बिजुली ल्याउने बाटो खुलेको छ । बेलुका ५ देखि ९ बजेसम्म कटौती गर्दै २० घण्टा बिजुली नेपालले किन्न पाउने अनुमति दिएको हो ।

भारतले नोभेम्बर १९ देखि मार्च १५ सम्म दिनको २० घण्टा लागि ६५४ मेगावाट विद्युत् नेपाल निर्यातको स्वीकृति दिएको हो । बेलुका ५ देखि ९ बजेसम्मको लागि भने निर्यातको अनुमति दिएको छैन ।

नदी प्रवाही आयोजनाहरुका कारण विद्युत् उत्पादनमा कमी, माथिल्लो तामाकोसी आयोजनामा क्षति हुँदा तथा उच्च माग हुने समयमा भारतले विद्युत् निर्यात कटौती गर्दा प्राधिकरणलाई समस्या हुने देखिन्छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्