कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको छः अर्थमन्त्री

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताएका छन् । बिहीबार नेपालले पहिलो पटक गरेको कन्ट्री रेटिङको नतिजा सार्वजनिक भएसँगै शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको बताए ।

नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्रीले बताए ।

नेपाल सन् २०२६ मा मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचालन गर्नुपर्ने अवस्थाको पूर्व तयारीको रूपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने मन्त्रालयले जनाएको छ । ‘दक्षिण एसियाली मुलुकहरूको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक रहेको छ । यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरूको लागि उत्साह सिर्जना गरेको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्