चार महिनामा आयात–निर्यातमा सामान्य सुधार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा आयात–निर्यात दुवैमा सामान्य सुधार भएको छ । साउनदेखि कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । यो अघिल्लो आ.व को चार महिनाको तुलनामा ०.१७ प्रतिशत धेरै हो । अघिल्लो आ.व कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबर वस्तु आयात भएको थियो ।

त्यस्तै निर्यातमा समेत सामान्य सुधार भएको छ । यस वर्ष पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो आ.व यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । उक्त आ.वमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो ।

कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड बराबर भएको छ । जुन अघिल्लो आव यसै अवधिको तुलनामा सामान्य धेरै हो । गत आवमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्